बुधबार , जेठ ४, २०७९

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भिडियो हेर्नुहोस

फागुण २४, २०७८ मंगलबार 357

वीरगन्ज ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच वि`वाद बढ्दै जाँदा कु`टाकु`ट भएको छ । उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा ।

अध्यक्षसहित वडाअध्यक्षको समूहले हा´तपात गरेको आ´रो´प लगाएकी छन्अध्यक्ष जैसवालले भने सामान्य वा´द´विवा´द हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दु`र्व्य´वहार गरेको दाबी गरेका छन् ।

जैसवालले सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजन गरी उपाध्यक्षले दु`र्व्यव`हार गरेको बताए । यसअघि उपाध्यक्ष चौधरीले अध्यक्षसहितको समूहले आफूलाई आइतबार ।

कु`टपि`ट र दु´र्व्यव´हार गरेको आ`रोप लगाएकी थिइन् ।कुटपिटले चोटपटक र डाम बसेको उनको दाबी छ । अध्यक्षका अनुसार आइतबार करिब साढे ३ बजे गाउँपालिका कार्यालयको आफ्नो कार्यकक्षमा पुग्दा उपाध्यक्ष लगायत ५ जना वडाध्यक्ष बसिरहेका थिए ।

‘अन्य विषयमा कुराकानी सुरु हुँदा उपाध्यक्षले ८ औं गाउँसभाबारे मलाई जानकारी नगराई किन मनोमानी गरेको भन्दै उग्र हुन थालिन्,’ अध्यक्षले भने, त्यसपछि मैले गाउँपालिका अध्यक्षसँग बोल्न तपाईँलाई तमिज नभएकाले नम्र भएर कुरा गर्नुस् भनेको थिएँ ।

यदि सम`स्या छ भने सम्बन्धित निकायमा मु`द्दा गर्नुस्, यति भनेपछि उहाँले तैले मलाई बोल्न सिकाउने भन्दै टेबुलमा रहेको बोत्तल उठाएर हिकाइन्।’अध्यक्षका अनुसार उपाध्यक्ष पहिले पनि अन्य विषयमा बढी रिसाउने गर्थिन् ।

तर फेरि शान्त भइहाल्थिन् । ‘आइतबार पानीको बोत्तल उठाएपछि मैले सोचें मजाक गर्दै हुनुहुन्छ,’ उनले भने, ‘बोत्तलले हिर्काए पनि म आफ्नो कुर्सीमै बसिरहेको थिएँ, तर त्यसपछि झन् अभ`द्र व्यवहार गरिन् ।’

प्रतिकृया दिनुहोस्