अँगालो हालेर तीनवटा करङ भाँचिदिएको भन्दै महिलाले हालिन् मुद्दा

News

एक महिलाले ।

 

आफ्ना सहकर्मीलाई अदालतसम्म पुर्याएकी छिन् । चीनकी ती महिलाले आफ्नो तीनवटा करङ भाँचिदिए पछि आफूसँगै काम गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । बेस्सरी अँगालो हालेका कारण उनको करङ भाँच्चिएको थियो ।

 

यो अचम्मको घटना सन् २०२१ मे महिनामा भएको हो । चीनको हुनान प्राप्तस्थित युयाङ शहरकी एक महिला आफ्ना सहकर्मीसँग कुरा गरिरहेकी थिइन् । त्यति नै बेला उनका एक पुरुष सहकर्मी अचानक आइपुगे र उनलाई ।

 

अभिवादन स्वरुप अँगालो हाले । अँगालो हाल्दा उनलाई दुखेपछि उनी कराएकी पनि थिइन् । ती व्यक्तिले उनलाई यति दह्रोसँग अँगालो हालेका थिए कि उनलाई अफिसबाट फर्किएर घर पुग्दा पनि छाती दुखिरह्यो । तर उनी तत्काल अस्पताल गइनन् । मालिस तेल लगाइन् र सुतिन् ।

 

अल्ट्रा टाइट’ अँगालो हालेको पाँच दिनपछि ती महिलाको छाती असाध्यै दुख्न थाल्यो । उनी अस्पताल नगई बस्न सकिनन् । एक्स रे गरेर हेर्दा उनको एउटा मात्रै नभई तीनवटा करङ भाँच्चिएको पत्ता लाग्यो । दुईवटा दाहिने पट्टी र एउटा देब्रे पट्टी ।

छाती दुखेपछि उनी बाध्यतावश घर बस्नुपरेको, घर बस्दा कमाई नभएको र मेडिकल बिल र नर्सिङ सेवाका लागि राम्रै रकम खर्च भएको उनले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published.