बुधबार , जेठ ४, २०७९

प्रचण्डको खुलासा: एमसीसी पारित नगरेको भए हेग पुर्‍याउने र मलाई मा’र्नेसम्मको तयारी थियो

फागुण २३, २०७८ सोमबार 348

काठमाडौ।

केन्द्रीय समितिको बैठकमा करिब डेढ घण्टा भाषण गरेका प्रचण्डले जनयु द्ध लडेका माओवादीहरुलाई शान्ति प्रक्रियाको चिन्ता रहेको भन्दै नारायणकाजी श्रेष्ठ लगायत तत्कालीन एकता केन्द्रका नेताहरुप्रति कटाक्ष समेत गरेका थिए।

प्रचण्डले बैठकमा भने– ‘यु द्ध नलडेका साथीहरुलाई त के थियो र? उहाँहरु बाहिर हुने मसहित युद्ध लडेका सहयोद्धाहरु सबै हेगमा पुग्ने अवस्था आएकाले एमसीसी पारित गर्नै पर्ने भयो।’

केन्द्रीय समिति बैठकको पहिलो दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले मात्र बोलेका थिए। श्रेष्ठले अहिलेसम्म नेपालमा भएका परिवर्तनको नेतृत्व गरेजस्तै प्रचण्डले देशभक्तिपूर्ण आन्दोलनको पनि नेतृत्व गरिदिए हुन्थ्यो भन्ने आफ्नो चाहना सफल नभएको बताए।

उनले हेग लैजाने त्रास देखाएर प्रचण्डले पार्टी पंक्तिलाई भावनात्मक ब्ल्याकमेल गरेको आरोप लगाए। तर जतिसुकै असहमति भए पनि पार्टी नफुटाउने उनले बताएका थिए।

प्रतिकृया दिनुहोस्