Monday, June 5
Shadow

गिरीको व्यंग्य: लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ?

सामाजिक सञ्जालमा ।

 

काठमाडौं महानगरका मेयर बालेन्द्र साह र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलिरहेको घोचपेचलाई व्यंग्य गर्दै कलाकार दिपकराज गिरीले लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ? भनेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ?’उनीहरुबीचको ।

घोचपेच र व्यंग्यले जनताको साथ र समर्थन गुम्ने आशयसहित गिरीले फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका हुन्। केही दिनअघि काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि काठमाडाैं महानगरपालिकाकाे ।

फाेहाेरम मेयर बालेन शाहले व्यवस्थापन गर्न नसकेकाे भन्दै स्टाटस लेखेका थिए। त्यसपछि बालेनले पनि त्यसमा टिप्पणी गरेपछि उनीहरूबीच भनाभन जस्तै भएकाे थियाे। मेयर साम्पाङले स्टाट समार्फत बारम्बार प्रहार गरेपनि।

यता मेयर बालेन भने माैन नै रहेका थिए।यही विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।