Friday, June 9
Shadow

यिनै हुन् २५ दिनको उमेरमै सडक दुर्घटनामा ज्यान गुमाउने शिशु

प्युठानमा भएको जीप ।

 

दुर्घटनामा परी एकैघरका दुई सहित तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।दुई जना भने उपचारपछि घर फर्किएका छन्। जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहाने नजिक खहरेखोलामा आइतबार बेलुकीपख लु १ ज १५४५ नम्बरको जीप दुर्घटना भएको थियो ।

 

उक्त जिप दुर्घटनामा वडा नम्बर ५ की ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापाको मृत्यु भएको छ ।२५ दिनकी चेतना जसले राम्रो सँग संसार नदेख्दै सडक दुर्घटनामा ज्यान गुमाउनु पर्यो ।जिल्ला प्रहरी प्रमुख प्रहरी ।

 

नायब उपरीक्षक सत्यनारायण थापाले दिदीबहिनीको अस्पताल लैजाँदै गर्दा बाटोमै र चालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उपरीक्षक थापाले बताए।दुर्घटनामा दुई छोरीहरू गुमाएकी आमा २५ वर्षीया रेमसरा ।

 

बुढा र उनका श्रीमान २८ वर्षीय हुमबहादुर बुढा पनि घाइते भएका छन्।उनीहरूको अवस्था मध्यम रहेको तथा जिल्ला अस्पताल बिजुवारमै उपचार भइरहेको डिएसपी थापाले ।

 

 

बताएका छन ।नौबहिनी-५ कै थप दुई गम्भीर घाइते ३० वर्षीय दलबहादुर खत्री र २८ वर्षीय मिनराज राना क्षत्रीलाई थप उपचारका लागि बुटवल पठाइएको डिएसपी थापाले बताए।