गाउ गाउमा टोल–टोलमा प्रचण्डको सालिक बनाएर पूजा गर्ने एक दिन आउँछ : पुन

News

रामेछाप  ।

 

 

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवम् स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  टोल–टोलमा सालिक बनाएर पूजा गर्ने समय आउने जिकिर गर्नुभएकाे छ ।

 

 

१९ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बाकाे डाँडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रूपमा प्रचण्डको सालिकमा पूजा गर्ने दिन आउने दाबी गर्नुभयाे ।

 

 

 

प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षाैँदेखिकाे थिचोमिचो र अत्याचार अन्त्य भएको उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published.