Sunday, March 26
Shadow

मुसीकोट ९ का प्रेमकाे कुवेतमा मृत्यु

वैदेशिक रोजगारीका ।

 

लागि कुवेत पुगेका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ९ होलका २८ वर्षिय प्रेमबहादुर खड्काको मृत्यु भएको हो ।

 

उहाँको आज बिहान मृत्यु भएको बताईएको छ । कम्पनीमा काम गर्ने क्रममा माथिबाट खसेको सामानले च्यापिएर खड्काको मृत्यु भएको हो । मेशिनबाट सामान उचालेर राख्ने क्रममा उक्त सामान खसेर खड्कालाई च्यापेको बताइृएको छ ।

 

खड्का तीन वर्ष अगाडी कुवेत जानुभएको थियो । खड्काको शव नेपाल ल्याउन पहल भइरहेको छ । खड्काका श्रीमति, एक छोरा र एक छोरी छन् ।