बैतडीको शिवनाथ ।
गाउँपालिकाका १३ जना जनप्रतिनिधिले नेकपा एमाले प्रवेश गरेका छन् । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा खुलेका ३ वडा अध्यक्षसहित ९ सदस्य र कांग्रेसबाट निर्वाचित वडा सदस्यले एमाले प्रवेश गरेका हुन् ।
शनिबार गाउँपालिका स्तरीय भेलामा शिवनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष करन पार्की, वडा नं। २ का अध्यक्ष हजारी साउँद, वडा नं. ३ का अध्यक्ष बिरबहादुर साउँद र वडा नं. ४ की वडा सदस्य पाना तिरुवाले एमाले ।
प्रवेश गरेको सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए ।उनका अनुसार तिरुवा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकि थिइन । ‘विभिन्न पार्टी परित्याग गरी।
१ सय ५६ जनाले एमाले रोजेका छन्,’ उनले भने, ‘कांग्रेसबाट मात्रै २६ जना एमालेमा आएका छन् ।’ वडा अध्यक्ष हजारी एमाले बैतडीका निर्वतमान उपाध्यक्ष समेत हुन् । उनी समाजवादीका प्रदेश सदस्य समेत हुन् ।
प्रतिकृया दिनुहोस्