बुधबार , जेठ ४, २०७९

मलाइ दुर्गेश दाइको सपोट छ । म यो लडाइँबाट हट्ने छैन ” गायिका समिक्षा

फागुण २१, २०७८ शनिबार 844

ति गायिका अहिले नाबालिका नै छिन् ।

१७ वर्षको अपरिपक्व उमेरमै उनले जीवनको निकै कठिन परीक्षा दिनुपरेको छ । जादुयी स्वरका कारण कलिलैमा उनले जुन ख्याति आर्जन गरिन्, त्यो आज दाउमा लागेको छ । लाखौं फलोअर्स भएका एक ‘स्टार’ को हातमा हत्कडी लगाउने गरी उनले चालेको कदम कम्ता बहादुरीपूर्ण थिएन ।

यद्यपि, चुनौतीहरू सकिएका छैनन् । बरु आगामी दिनमा अझै थपिँदै जालान् ।पछिल्लो एक वर्षमा गायिकाले निकै प्रताडना भोगिन् । आफूले आइडल मानेको पात्रसँग एकोहोरो प्रेममा फस्दा उनको निजी जीवन बिथोलियो । उमेरजन्य अपरिपक्वताले गर्दा यो बीचमा धेरैबाट ‘म्यानुपुलेट’ पनि भइन् ।

कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् । अब चाहिँ निर्णायक लडाइँमा छिन् । आफूलाई प्रेमजालमा फँसाएर स्वार्थसिद्धी भएपछि लत्याउने पुरुषका विरुद्धको लडाइँ उनलाई जसरी पनि जित्नु छ ।

तर, बिस्तारै आफ्नो पक्षमा बढ्दो सहानुभूतिका कारण अहिले उनको मनोबल बढेको छ । हिजोआज उनले आफूलाई मानसिकरूपमा निकै बलियो बनाइसकेकी छन् । ‘पहिले धेरैजसो गाली मात्रै थिए । फेसबुक हेर्न पनि डर लाग्थ्यो ।

तर अहिले धेरैजनाले समर्थन गर्नुभएको देखेर मेरो हिम्मत बढेको छ । म यो लडाइँबाट व्याक हुन्न,’ गायिकालाई उद्धृत गर्दै निकट स्रोतले भन्यो ।काठमाडौंबाट दुई वर्ष जेठी दिदी र भिनाजुसँग उनी जिप्रका तनहुँमा जाहेरी दिन पुगेकी थिइन् ।

कास्कीबाट उनका बुबाआमा पनि त्यहाँ आएपछि जाहेरी दर्ता गरिएको थियो । दर्तापछि उनी बुबाआमासँग कास्कीको लाहचो कमा रहेको आफ्नो घरमा गइन् । तर, त्यहाँ छरछिमेकीले धेरै नै खोजीनिन्दा गर्न थालेपछि उनी अहिले एक आफन्तको घरमा बसिरहेकी छन् ।

प्रतिकृया दिनुहोस्