एकीकृत पार्टीको ।
नाम तथा केही वैचारिक विषय मिल्न बाँकी रहेकाले चुनावमा मिलेर जाने र पछि एकता घोषणा गर्ने तयारी भएको नेताहरूले बताएका छन । दुई नेताबीच एउटै घोषणा पत्र, साझा समानुपातिक सूची र एउटै चिन्ह लिएर चुनावी ।
मैदानमा उत्रने सहमति भएको छ ।यो सहमतिलाई माओवादी केन्द्रको स्थायी समिति बैठकबाट अनुमोदन हुन भने बाँकी छ । यद्यपि, प्रचण्डले यसबारे पार्टीका अधिकांश शीर्ष नेतालाई ब्रिफिङ गरिसक्नुभएको छ ।
सहमतिअनुसार भोलि दुवै दल संयुक्तरूपमा निर्वाचन आयोग जाने तय भएको छ । दुवै दलले आगामी निर्वाचनका लागि दल दर्ता गराएका छैनन् । माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया–हथौडा र समाजवादीको आँखा छ । साझा चुनाव चिन्ह हँसिया–हथौडा हुने बताइएको छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय तोकेको छ । निर्वाचन ऐनमा निर्वाचित हुने उम्मेदवारको हकमा सबैभन्दा बढी सिट पाउने दलको नामबाट एक मात्र संसदीय दल बन्ने व्यवस्था छ ।
त्यसैले, चुनावपछि पार्टी एकता गर्नै पर्ने बाध्यता दुवै दललाई हुनेछ । १० वर्ष लामो शसस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुराम ६ वर्षपछि फेरि एकै ठाउँमा आउन लाग्नु भएको हो । २०७३ साल जेठ ३० गते तत्कालिन माओवादी छाडेर भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुभएको थियो ।
दाहाल–भट्टराई सहमतिनजिक : एउटै चिह्न, एउटै घोषणापत्र – दुवै दलले आ–आफ्नो पार्टीमा छलफल गरेर टुंग्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई निर्वाचनपछि ।
समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमतिनजिक पुगेका छन् । दुवै दलले आ–आफ्नो पार्टीमा छलफल गरेर यसलाई औपचारिक रूपमा टुंग्याउने गृहकार्य भइरहेको नेताहरूले बताएका छन् ।
दाहालले नेपाल समाजवादी पार्टीसँग साझा चुनाव चिह्न र घोषणाप त्रमा निर्वाचन लड्ने सहमति भएको र आ–आफ्नो पार्टीमा सहमति जुटाएर औपचारिक रूपमा टुंग्याउन लागिएको ‘ब्रिफिङ’ निकट नेताहरूसँग गरेका छन् ।
यो र अन्य विषयमा छलफल गर्न अध्यक्ष दाहालले पार्टी स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । साझा चुनाव चिह्नका लागि निवेदन दिने विषय टुंगिन बाँकी रहेकाले माओवादी केन्द्र र नेपाल समाजवादी पाटीले अझै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छैनन् ।
अध्यक्ष दाहालले निकट नेताहरूलाई बताएअनुसार एक–दुई दिनै संयुक्त चिह्नमा निर्वाचन लड्न निर्वाचन आयोगमा निवेदन दिने तयारी छ । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ ।