17 बर्ष हराएका श्रीमान एक्कासी बिदेशी सौता र छोरा संग भेटिन्दा श्रीमती हेरेको हेरै रुनथालिन बेहोस भई भिडियो सहितत

News

17 बर्ष हराएका श्रीमान एक्कासी बिदेशी सौता र छोरा संग भेटिन्दा श्रीमती हेरेको हेरै रुनथालिन बेहोस भई भिडियो सहितत
समाचार को भिडियो पेज को अन्त मा राखियको छ  ।

 

यो पनि पढनुहोसम्पा! चिम्पु! यहाँ आऊ त!’ उनले बोलाउनेबित्तिकै चम्पा र चिम्पु झ्यालनजिकै आए। फलामे झ्यालबाट बाहिर नियाले। अनि उनले दिएको पाउरोटी, स्याउ, केरा लगायत खाजा कपाकप खाए।

पाँच वर्ष उमेरका चम्पा र चिम्पुका लागि उनी आमा र बुवा दुवै हुन्। उनलाई पनि छुकछुके चम्पा-चिम्पुको सन्तानजत्तिकै माया छ। चम्पा र चिम्पु जावलाखेलस्थित सदर चिडियाखानामा भएका दुई चिम्पान्जी हुन्।

नाइजेरियाका उनीहरू जावलाखेलसम्म कसरी आइपुगे भन्नेबारे हामीले पहिल्यै स्टोरी गरिसक्यौं। आज भने चम्पा र चिम्पुलाई हुर्काउने रामकाजी पहरीको कथा पढौं। यिनको स्याहारसुसारको जिम्मेवारी सम्हालिरहेका

। रामकाजीको यहाँ कसरी आइपुगे?२०६८ सालको कुरा हो। रामकाजी एक जना साथीसँगै चिडियाखाना घुम्न आएका थिए, पहिलोपटक। उनलाई विभिन्न जनावरहरू हेर्ने मन थियो। जब उनले देखे, उनलाई अनौठो महसुस भयो।

तिनलाई हेरेर मन भरिएन।रामकाजीले त्यो बेलाको अनुभव सुनाए, ‘यी जनावर सधैं मेरै वरिपरि भए कति रमाइलो हुन्थ्यो होला जस्तो लाग्यो।’ सँगै आएका साथीलाई पनि उनले यो कुरा भने। अझ थपे, ‘यी जनावरलाई साथी बनाउन पाए हुन्थ्यो।’

चिडियाखानाका जनावरको साथी हुन त आफू सधैं त्यहीँ हुनु पर्थ्यो। नभन्दै रामकाजीको दिमाग त्यतैतिर तानियो। कामका लागि चिडियाखाना प्रवेशको मौका खोज्न थाले।

उनी त्यो बेला ‘द टिम्बर कर्पाेरेसन अफ नेपाल’ मा सुरक्षा-गार्डका रूपमा काम गर्थे। यहाँसम्म आइपुग्दा उनले थुप्रै काम छाडिसकेका थिए।ललितपुर, गोदावारीका स्थायी निवासी रामकाजी स्कुल शिक्षाबाट अघि बढ्न पाएनन्।

परिवारमा जिम्मेवारी थपिँदै जाँदा पढाइ छोडे। काम खोज्दै जाँदा एक जना साथीको सहयोगमा ‘पुष्प विकास केन्द्र’ मा निजी सुरक्षाकर्मीको काम पाएका थिए।।केही समयमै उनले त्यो जागिर छाडे र अन्तै गरे। अरू ठाउँमा पनि अडिएनन्।

एकपछि अर्को कार्यालय फेर्दै भन्सार कार्यालयको गोदाममा पुगे। केही वर्षमा त्यहाँ पनि छाडेर वन कार्यालय पुगे। यतैबाट टिम्बर कर्पोरेसन पुगेका थिए। ‘सानो ठानेर कसैले अपमान गरे भने मलाई नराम्ररी बिझ्थ्यो,’ बारम्बार काम ।

छाड्नुको कारण खुलाउँदै उनले भने, ‘कतै चित्त बुझ्ने तलब नहुने, कतै हेप्न खोज्ने, ठग्न खोज्ने। त्यसैले जहाँ पुगे पनि आधा वर्ष, एक वर्षमा छोडिदिन्थेँ।’ भनिन्छ नि, कुनै कुरा सच्चा मनले चाहे पूरा हुन्छ। रामकाजीको ।

साथी हुने र उनीहरूसँगै रमाउने सपनाले डोर्‍याएर उनलाई चिडि याखानाको कर्मचारी बनायो।उनको सपनाको आधा हिस्सा भने पूरा हुनै बाँकी थियो। चिडियाखानामा उनले जनावर होइन, बगैंचा हेरचाह गर्ने काम पाए। उनको मन त जनावरतिरै थियो।

मेरो मेहनतबाट प्रभावित भएर चिडियाखाना प्रशासनले मलाई चाँडै नर्सरीमा सरूवा गरिदियो,’ रामकाजी आज पनि त्यो क्षण सम्झिँदा दंग पर्छन्। चिडियाखानाको यो ‘नर्सरी’ बोटबिरूवाको होइन, उद्धार गरेर ल्याइएका जंगली जनावरको ।

उपचार र स्याहार गर्ने ठाउँ हो।नर्सरीमा काम गर्न जोखिम धेरै हुन्छ। घाइते जनावर आक्रामक हुन्छन्,’ उनले काम थाल्दाको समय सम्झे, ‘केही दिनसम्म त नर्सरीमा म डराएर थरथर काँपिरहेको थिएँ। जनावरसँग काम गर्दा खतरा हुन्छ।’

Leave a Reply

Your email address will not be published.