गायिका स्मिता घिमिरेको नि`धन भएको छ । करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिकाको साेमबार साँझ ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा नि`धन भएको हो ।मोरङ समाज ।
काठमाडौंले सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै गायिका घिमिरेको असामयिक नि`धनले मोसका परिवार मर्माहत भएको जनाएको छ । समाजका अध्यक्ष नरेन्द्र खतिवडाद्वारा जारी सूचनामा भनिएको छ, ।
‘अन्तिम दा`हसंस्कार पशुपति आर्यघाट आज मिति २०७९ साल श्रावण ३० गते सोमबार बेलुका ९ बजे गरिनेछ ।’घिमिरे पछिल्लो पटक बोनम्यारोको क्यान्सरबाट पीडित थिइन् । उनको सोमबार साँझ नै पशुपति आर्यघा`टमा अन्तिम संस्कार भएको छ ।
गायिका घिमिरेले थुप्रै नेपाली गीतहरू गाएकी छन् । केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत उनले सार्वजनिक गरेकी थिइन् ।
४–५ वर्षको उमेरदेखि नै गायनमा सक्रिय उनले संगीतकार दीपक जंगमसँग संगीतको औपचारिक प्रशिक्षण लिएपछि व्यवसायिक रुपमा गायन क्षेत्रमा काम थालेकी थिइन् ।