मलाई सिंहदरबार छिर्न दिएनन्, गेटबाटै फर्किए- हर्क साम्पाङ

News

उपमहानगरपालिकाका ।

विकास निर्माणसँग सम्बन्धित विभिन्न माग संघीय सरकारलाई राख्ने उदेश्यका साथ आएका उनी दिनभर सिंहदरबारमा सम्बन्धित मन्त्रालयगत भेटघाटमा व्यस्त भए। बिषेश गरी धरानको खानेपानी, सडक लगायतका समस्यामा केन्द्रित भएर सम्बन्धित मन्त्रालयमा उनले भेटघाट र छलफल गरे।

भोलि सोमबार पनि उनी भेटघाटमै व्यस्त हुँदैछन्।स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उठेर निर्वाचित भएका हर्कमाथि धरानबासीले विकास निर्माणका अपेक्षा राखेका छन्। हालसम्मको कार्यअनुभव, सिंहदरवारमा विभिन्न मन्त्रालयमा भेटघाटको उदेश्य र आगामी योजनाबारे देशसञ्चारकी ईश्वरी बरालले साम्पाङसँग गरेको कुराकानीको सम्पादित अंश।

काठमाडौँ किन आउनुभयो?धरानका विकास निर्माणसँग सम्बन्धित समस्याहरु संघीय सरकारलाई सुनाउन आएको हुँ। आज दिनभर सम्बन्धित मन्त्रालयसँग छलफल भयो। भोलि पनि बाँकी कुरा गर्नु छ। धर्ना पनि दिनुभयो कि छलफल मात्रै भएको हो?

धर्ना दिनु परेन, सौहाद्रपूर्ण वातावरणमा कुराकानी भयो। धर्ना दिनु पर्ने अवस्था आयो भने पनि दिन्छु।स्वतन्त्रको हैसियतले धरान उपमहानगरको मेयर बनेको तपाईँलाई सिंहदरबार प्रवेशमा असहज त भएन नि?भएन। अब त म आफै स्थानीय सरकार भएँ। मलाई अप्ठेरो हुने कुरा भएन।

बरु म जनप्रतिनिधि नहुँदाखेरि सिंहदरबार प्रवेश गर्न नपाएर गेटबाटै फर्किनुपरेको नमिठो अनुभव थियो। हामीले एउटा गलत के बुझेका छौँ भने सरकार राजनीतिक दलको हुन्छ भनेर बुझेका छौँ तर सरकार जनताको हुन्छ भन्ने बुझ्नुपर्छ।

कुनै राजनीतिक दलबाट उठेको भए हुन्थ्यो पछुतो लागेको छैन तपाईलाई?लागेको छैन। म स्वतन्त्र उठेर जितेकोमा मलाई कुनै किसिमको ग्लानि छैन। कुनै राजनीतिक दलमा नलागेको कारण आफूलाई सहज महसुस पनि गरिरहेको छु।

काठमाडौँमा आएपछि यहाँको फोहोरमैलाको बिषयमा बोल्नुभयो, जुन चर्चामा छ, काठमाडौँको फोहोर मैला व्यवस्थापनमा तपाईँले देखेको समाधान के हो? महानगरपालिकाले संघीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ।

यहाँ संघीय सरकार पनि छ जसले महानगरको समस्या समाधानमा ध्यान दिनुपर्छ। काठमाडौँमा फोहोर मैला झन् बढेछ। यो राम्रो देखिएन। फोहोर मैला व्यवस्थापनमा आएका अवरोधहरु हटाएर अघि बढ्न काठमाडौँ महानगरका मेयर बालेन।

शाहलाई मेरो सुझाव पनि छ। संघ र प्रदेश चुनावमा उठ्न चाहने स्वतन्त्र उम्मेदवारहरुलाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ?म सामान्य व्यक्ति हुँ। सुझाव त खासै मेरो केही पनि छैन।

म आफूले सामान्य काम गरेजस्तो लाग्छ तर पनि खै किन हो धेरै चर्चा भएको छ मेरो। मैले खास केही गरेको छैन। गर्नुपर्ने काम गरेको छु। असल काम गर्नुस् जनताले चुन्छन् भन्न चाहन्छु।

Leave a Reply

Your email address will not be published.