Monday, June 5
Shadow

डाँडामा मासु भातको भोज चलाएर फोहोर बोकेका गाडीमा गुलेली हान्दै देउवा–प्रचण्डका कार्यकर्ता

डाँडामा मासु भातको भोज चलाएर फोहोर बोकेका गाडीमा गुलेली हान्दै देउवा–प्रचण्डका कार्यकर्ताकाठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र) ले किटान गरेर नै भन्नुभयो, फोहोर फाल्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले अवरोध गरिरहेका छन् ।

मलाई सफल पार्न फोहोरमाथी फोहोरी राजनीति भइरहेको छ । भन्दै त्यस्तै देखियो । सत्तारुढ दल नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र लगायतका दलका कार्यकर्ताले काठमाडौंको फोहोर बोकेर बन्चरेडाँडा ।

जान लागेका गाडीमा अवरोध पुर्र्याएका छन् । उनीहरुले प्रहरी विरुद्ध नै माइकिङ्ग गरिरहेका छन् । फोहोर बोकेर अघि बढे आक्रमण गर्ने चेतवानी दिइरहेका छन् । गुलेलीबाट फोहोरका गाडी, चालक र प्रहरीलाई हानिरहेका छन् ।

यत्ति सम्मकी मासु भातको भोज नै चलाएर उनीहरुले फोहोरको गाडी माथी गुलेली हानिरहेका छन् । डाँडाडाँडामा मासु भातका भोज लागिरहेका छन् ।

दुई सय भन्दा धेरै प्रहरी परिचालन गरेर केही फोहोरका गाडी बन्चरेडाँडामा पुर्याउँन सफल भए पनि सत्तारुढ दलका स्थानिय कार्यकर्ताहरुको अवरोधका कारण सहज रुपमा फोहोर लैजान सकिएको छैन ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्टाटसनै लेख्दै देउवा प्रचण्डका कार्यकर्ताले गुलेली हानेर फोहोर लैजान नदिएको बताउनुभएको थियो ।

काग्रेस , माओवादीका स्थानिय कार्यकर्ताहरुले खानाको मेसनै चलाएर फोहोर बोक्ने गाडीमा अवरोध पुर्याएको त्यहाँ देख्न सकिन्छ । सामुहिक मेस संचालन गरेर फोहर बोक्ने गाडीलाई गुलेली हान्ने कामको ।

नेतृत्व स्थानीय काग्रेस , माओवादी, नेकपा एस लगायतका दलका कार्यकर्ताले गरेका छन् । आन्दोलनरत दलका कार्यकर्ताले संयुक्त रुपमा खाना बनाए, मेस चलाए, फोहोर बोकेका गाडी अनि प्रहरीलाई गुलेली हान्न थाले र गाडीलाई रोके ।

लगातारको अवरोधपछि प्रहरीको थप टोली पुग्यो । नुवाकोट र धादिङका साथै काठमाडौंबाट गएको प्रहरी टोलीले चारैतिरबाट घेरेपछि स्थानीयले सडक छाडे ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रमेश पण्डितका अनुसार फोहोर फाल्न २५० प्रहरी खटाइएको थियो भने ब्याकअपमा थप फोर्स थियो । धादिङको धुनीवेशी गाउँपालिकातर्फ स्थानीयले ।

४० वटा ट्रक सडकमै रोकेका थिए । प्रहरीले बल प्रयोग गरेपछि स्थानीयबासिन्दा पछाडि हटे । त्यही मौकामा ५० टिपरले फोहोर बञ्चरेडाँडामा खसाल्यो । तर फेरि स्थानीयले अवरोध गरे ।

उनीहरुले डाँडामा बसेर गुलेली समेत हानेका थिए । काठमाडौं महानगरपालिकाका अनुसार सोमबार दिनभरमा बञ्चरेडाँडामा २०० टिपर फोहोर खसालिएको छ ।

मेयर बालेन शाहका अनुसार महानगरले नेपाल टिपर व्यवसायी संघसँग २५० टिपरलाई डिजेल र चालक भत्ता दिने गरी भाडामा लिएर एकैदिन धेरै फोहोर उठाउन खोजेको थियो ।

विगतमा सिसडोलमा भएको लापरबाहीका कारण स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु स्वाभाविक भएपनि आफूहरुले सोही ‘अपराध’ नगर्ने उहाँले बताउनुभएको छ ।

तर सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको मेयर बालेनले बताउदै आउनुभएको छ । धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर ।

तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले आइतबार संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरे डाँडामा फोहोर फाल्ननदिने घोषणा गर्नु।

भएका थियो । उहाँहरुविरुद्ध उजुरी परेको र पक्राउ गर्न खोजी भइर हेको छ । जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा उजुरी परेको छ तर आरोपित तीन नेताले भने सोमबार विज्ञप्ति निकालेर झुटो आरोप लगाएर आन्दोलनलाई निरुत्साहित गर्न खोजेको बताउँनुभएको छ ।